FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाका सम्पूर्ण गाउँपालिकावासीहरुलाई हार्दिक अपिल !

विश्वव्यापी महामारीकोरूपमा फैलीरहेको नयाँ भेरियन्ट कोभिड-१९ को उच्च संक्रमण मकवानपुर जिल्लाका सबै स्थानीय तहको साथै यस इन्द्रसरोवर गाउँपालिकामा पनि तीव्ररूपमा फैलिरहेको हुँदा यस महामारी रोगको रोकथाम, नियन्त्रणका लागि इन्द्रसरोवर गाउँपालिकाले सुरुदेखि नै उल्लेखनीय भूमिका निर्वहा गर्दै आइरहेको सर्ववित्तितै छ। पछिल्ला दिनहरुमा छिमेकी स्थानीय तहहरुमा पनि कोरोनाको संङ्क्रमण उल्लेख्यरुपमा बढी रहनुको साथै मानव समेतको मृत्यु भैसकेको अवस्थाबाट यस गाउँपालिका समेत अछुतो रहन सकेन ।यस विषम परिस्थिबाट मृत्युवरण हुनुहुने सम्पूर्ण महानुभावहरूलाई भावपूर्ण श्रद्धाञ्जलिको साथै समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।यसरी मानव जीवनको समेत अस्तित्वलाई समाप्त पार्ने चुनौतीका साथ फैलिएको कोरोना सङ्क्रमणलाई प्रभावकारी व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि लक्षण देखिएकाहरूको र कन्ट्याक ट्रेसिङ्ग  परिक्षणलाई तीव्ररूपमा गर्दै आइरहेको अवस्था हो। नेपाल सरकार(मन्त्रिपरिषद्)को मिति 2078 बैशाख ६ र १३ गतेको बैठक निर्णयहरुमा भएका ब्यबस्था, जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र, मकवानपुरको मिति 2078 बैशाख 30 गतेको शिफारीस र जिल्ला सुरक्षा समितिको 2078 बैशाख 30 गतेको निर्णय समेतको आधारम मिति 2078 बैशाख ३१ गते राति १२ बजे देखी मिति 2078 जेठ १३ गते राती १२ बजे सम्मको लागि तोकिएका अत्यावश्यक सेवाहरु बाहेक निषेधाज्ञा जारी गरिएको हुनाले सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, संघ संस्था, उद्योग ब्यबसायी, सर्वसाधारण तथा अन्य सम्वद्ध महानुभावहरुलाई संक्रमितहरुको पहिचान तथा कन्ट्याक ट्रेसिङ्ग लगायतका कार्यमा आबश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। यस अवधिमा गाउँपालिकाको कार्यालयबाट अत्यावश्यक सेवाहरु मात्र प्रदान हुने व्यहोरा आम सेवाग्राही महानुभावहरुलाई जानकारी गराउँदै कोहिकसैलाई कोरोना संक्रमणको शंका लागेमा वा लक्षण देखिएमा उच्च मनोबलका साथ सुरक्षा सावधानी अपनाई नजिकको स्वास्थ्य संस्था , जनप्रतिनिधि, वडा तथा गाउँपालिका कार्यालय एवम् यससंग सम्बन्धित सम्पर्क व्यक्तिहरुलाई जानकारी गरिगराई यस अपिललाई पूर्णरूपमा कार्यन्वयन गर्नगराउन आवश्यक सहयोग गरिदिनुहुन इन्द्रसरोवर गाउँपालिकाका सम्पूर्ण गाउँपालिकावासीहरुमा हार्दिक अपिल गर्दछु।साथै कोभिड-१९को संक्रमण पुष्टि भैसकेका महानुभावहरुले उच्च मनोवलका साथ तोकिएको सावधानी अपनाई सुरक्षित बस्नुहुन र यस अवधिमा स्वास्थ्यमा कुनै जटिल समस्या देखा परेमा यथाशिघ्र उल्लेखित सम्पर्क व्यक्तिहरुलाई जानकारी गराउँनु हुन समेत यहाँको शिघ्र स्वास्थ्य लाभको कामना सहित हार्दिक अनुरोध गर्दछु।

(जीवन लामा)

 अध्यक्ष

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: