FAQs Complain Problems

वडा नं. १

स्थानीय तह सदस्य विर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधि १ नं. वडा अध्यक्ष श्री सुवास थापा मगर

इन्द्रसरोवर गाउँपालिकाको वडा न. १ साबिक मकवानपुर जिल्लाको  मार्खु गा.बि.स.का ९ वडा हरु समेटेर पुन संरचना  गरिएको हो |साविक मार्खु गाबिस हाल वडा न.१ को आफ्नै खालको किम्मदन्ति छन् | स्थानीय तामाङ भाषामा मा-खु अर्थात निङगालो टुशाको तरकारी र म्हार-खु अर्थात घिउ र तरकारी अथवा  निङगालो टुशाको तरकारी र तरकारीमा धेरै घिउ राखेर खाने गाउँवस्ती हो र यस शब्दको अपभ्रम्स भएर पछी मार्खु लेख्दै चलनचल्तीमा आएको स्थानीय पूर्वजहरुको भनाई रहेकाछन् |

मकवानपुर जिल्लाको उत्तर पश्चिम  भूभाग रहेको  मार्खुको उत्तर पश्चिम साबिक चित्लाङ गा.बि.स. हाल थाहा नगरपालिका  वडा नं १०  संघ जोडिएको छ भने पूर्वमा इन्द्रसरोवरकै वडा नं. ५ तथा दक्षिणी भेग  इन्द्रसरोवर २ र थाहा नगरकै  भूभाग संग सिमाना जोडिएको छ |  मुख्य तया  तामाङ जतिको बसोबास रहेको यस वडामा ब्राम्हण क्षेत्रि तथा  नेवार जति को पनि उल्लेखनीय  जनसंख्या रहेको छ |मकवानपुर जी.बि.स. पार्श्वचित्र २०७३  मा  उल्लेखित  भए अनुरुप  ३९  बस्ति संख्या ७१५ घरधुरी र ४२२४  जनसंख्या  भएको यस वडाको मौसम  समशितोष्ण  रहेको छ | नेपालकै एकमात्र मानब निर्मित ताल  रहेको यस  वडा  मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय  गन्तब्यको रुपमा चिर परिचित  रहनुका साथै देशकै लागि एक प्रमुख जलविधुत उर्जा  भण्डार को रुपमा रहेको छ | 

इन्द्रसरोवर ताललाई कुलेखानी जलाशयको रुपमा पनि चिनिन्छि । यो ताल मुलुककै  हालसम्म सबैभन्दा ठुलो मानव निर्मित जलाशय हो । यहाँ वार्षिक करिब १ लाख २० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको आँकडा छ । मार्खु र कलंकी वरिपरिका ९ वटा खोला र खोल्साका पानीलाई एकत्रित गरेर २०३८ सालमा इन्द्रसरोवर ताल निर्मा०ा गरिएको हो ।७ किलोमिटर लम्बाई रहेकायो तालको अधिकांश भाग इन्द्रसरोवर गाउँपालिकाको वडा नं १ मार्खु र केही भाग वडा नं २ कुलेखानीमा पर्दछ ।उक्त जलाशयको बाँधबाट कुलेखानी पहिलो, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो आयोजनाहरु सञ्चालन भैरहेका छन् । 
यहाँ साना देखि मझौला किसिमका सुबिधा सम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । यहाँको होटलहरुमा करिव ७०० जना.सम्म पर्यटकहरुलाई बसोवास तथा खाना नास्ताको व्यवस्थापनको क्षमता रहेको छ भने अन्य केही सुविधासम्पन्न होटलहरु निर्मा०ाको क्रममा रहेको छ ।पर्यटकहरुको मनोरञ्जनको लागि डुङ्गा चढ्ने सुबिधा रहेको छ भने कुलेखानीको ताजा माछाको स्वाद लिन पाइन्छ ।इन्द्रसरोवर तालमा डुङ्गा सयर गर्दा हुन सक्ने आकस्मिक दुर्घटनामा उद्धारका लागि मोटरबोटको व्यवस्था गरिएको छ । 

निर्वाचित पदाधिकारीहरु वडा नं. १
क्र.सं पद नाम  ठेगाना सम्पर्क नं.
 वडा अध्यक्ष श्री सुवास थापा मगर इन्द्रसरोवर-१ 9861292051
वडा महिला सदस्य श्री गोमा वाईवा इन्द्रसरोवर-१ 9845847992
वडा दलित महिला सदस्य श्री लक्ष्मी दमाई इन्द्रसरोवर-१ 9808900858
वडा सदस्य श्री बुद्ध घिसिङ इन्द्रसरोवर-१ 9807205478
वडा सदस्य श्री मनकृष्ण आले मगर इन्द्रसरोवर-१ 9841159197

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
४२२४
Ward Contact Number: 
9855088188
//