समाचार
बिधालय स्तरीय कविता प्रतियोगिताको उत्कृस्ट ४ कविता
कविता शिर्षक :कलम
हेर्दा देखिन्छ सानो, लाम्चो अनि सुन्दर रुप
बन्न सकिंदैन आफैँ कसैले बनाउछ कुरूप
सदैव भन्ने छु म कलम हो एक सजीव
हरपल भन्ने गर्छन अरु कलम हो निर्जीव |
श्वासयुक्त शरीरका हात हरुलाई चलाउछ उचाल्दै
कोर्दछ बिचित्र भाव हरुलाई मस्तिस्कमा सलबलाउदै
आलश्य शरीरलाई जगाउन हरदम हुन्छ तयार
जितको अठोट लिन बाध्य बनाई हुँदैन कहिल्यै हार |
लक्ष्यसम्म पुग्ने बाटो देखाउछ अनन्त युगसम्म
पर्छन् कलमको चमत्कारी रुप देखि सबै अचम्म
अगी सर्छ एकोहोरिएको मनलाई बहलाउन
को पछि पर्छन र खै कलमको त्यो रुप पाउन |
प्रिय मित्र बन्न सक्छ कलम ज्ञानी हरुको लागि
मुर्ख हरु डराउछन् कलम हतियार हो भन्दै भागी
सुरछित राख्छन् महत्व बुज्नेले हरदम साथमा
नबुज्नेले बिगारी परिणत गर्छन कुरूप अनुहारमा |
सक्दैन कलम आफैँ बोल्न, अरुलाई गर्छ सहयोग
हुदैन कलम प्रिय मित्र भए कसैको वियोग
मनभित्र ज्वारभाटा सरि उर्लिएका सब भावहरु
प्रस्फुटन गर्न चाहन्छन कलमबाटनै कविहरु |
बिग्रिएको देशको आस्थालाई रचनाले सुधार्दै
खुसि मानि अरुलाई आत्मसन्तुष्टि बनाउदै
रचनाकारले बाच्ने आधार भनि गर्छन माया
कहिल्यै बग्न चाहन्न कलम अँध्यारोका मधुर छाया |
पल पल रोएको नेपाल आमाको मुहारलाई
हँसाउनको लागि उकास्छ् रचक अनि कवी लाई
पुरस्कृत गराउछ पृथक विधाको रचित कला बाट
अविरल चल्दछ हटाउन कुप्रथा कुरीति देशबाट |
चलिरहन्छ यो निरन्तर थाक्दैन कहिल्यै पनि
अहिलेमात्र नभएर मजबुत थिए पहिलेपनि
कोर्दछ रंगिन दृश्य हरु पीडालाई पार्न हलुका
दिन रात मात्र होईन चल्दछ कलम बिहान बेलुका |
शिक्षक बिध्यार्थी आदिको लागि साहाराहो कलम
दुखी, असाहाय, अपाङ्ग आदिको हो यो कलम
थोरै स्थानमा पनि अटाउन सक्छ यो
सबमा नौलो सोच परिवर्तन गर्ने यहिनै हो |
मोल जति परेपनि किन चुक्दैनन् कोहि
लेखनकै निमित्त बोक्छन कलम सब आरोही
भोक, प्यास, तिर्खा, अनेक मोह हटाऊछ सबमनको
गराउदैन यसले कसैलाई लोभ बिचित्र धनको |
रचना:
सुशिला वाईवा
कक्षा १०
वात्सलादेवी मा. बि.
इन्द्रसरोवर -३, मकवानपुर
कविता शिर्षक : अभागी छोरी म
यो समाजमा रहेछ, छोरी माटोको भाँडो
हरेकदिन काममा खटाईन्छ, छोरीलाई गर्मि होस् या जाडो |
छोरी हो भनेर उमेर नपुग्दै, पराई घरमा पठाउने
ससुरालीमा दाइजोको निहुले, राम्ररी बाच्न नापाउने |
बाबु आमा राम्रा थिए, तर समाज बिग्रिएको थियो
तेसैले कपि कलमको सट्टा, डोको नाम्लो बोकाइदियो |
यो जिबनमा हास्न कम, रुन धेरै परेको छ
सक्दिन मा आफैँ बाच्न, अरुको भरले बाच्न परेको छ |
बिधालय जानुको साटो, गोठालो जान थाले
बाबुआमाले किन गरेको यस्तो भनि, बल्ल छोरीको जात थाहा पाए |
रचना:
आनिता लामा
कक्षा ९
श्री कालीदेवी मा. बि
इन्द्रसरोवर ५, मकवानपुर
कविता शिर्षक : वर्तमान मेरो देश
दिनहुँ हत्याको डेबिट क्रेडिट हिसाब राखेर
नाफाको खोजीमा हिडिरहेको
ब्यापारी जस्तो – मेरो देश |
एकाइसौं शताब्दीको पहिलो यात्रामै
भबिष्यजति चुर्लुम्म डुबेको
विवशमस्त टाइटानिक जस्तो – मेरो देश |
आफ्ना अंगहरु अचानो माथी चोक्टीदै लुछ्दै गर्दापनि
रुन नसकेर टुलुटुलु हेरिरहेको
बग्रेको खसीको टाउको जस्तो – मेरो देश |
जलस्रोतले भरिपुर्ण देश भएतापनि
जहिलेपनि प्यासले तड्पेर मर्न लागेको
काकाकुल जस्तो – मेरो देश |
विवेक र चेतनाको लोडसेडिङले
देउसै रातपर्ने गरेको
अँधेरी नगर जस्तो – मेरो देश |
मद-उन्मुक्त भएर आफ्नै संहार गर्ने यदुबंशिहरु
अनि निसाहाय अभिमन्यु देखेर आक्रमण गर्ने योधा
महाभारतको अन्तिम दृश्य जस्तो - मेरो देश |
रचना:
नविन गोले
कक्षा ९
श्री सरस्वती बालबोधानी मा. बि.
इन्द्रसरोवर -१, मकवानपुर
कविता शिर्षक :झोला
ए झोला
मेरो सहयात्री
मेरो सुख, दुःख को साथी
ए झोला
किताब अटेको छ,
कपी र कलम अटेको छ
उकाली, ओरालीको रासन
मेरो दिनभरिको खाजा
मकै र भटमास अटेको छ, तिमीमा
ए मेरो झोला
ए मेरो सहयात्री
छोड्दैनौ मलाई रत्तिभर,
म पनि छोड्दिन वित्ताभर,
हामी दुईको मित्रता
अपार छ अपार
म रुँदा तिमी रुन्छौ,
म हास्दा तिमी हास्छौ ।
ए मेरो झोला
ए मरो सहयात्री
अटेको छ तिमीमा
ज्यामीति बक्स, एउटा पानीको बोतल
अनि एउटा छाता, घाम र वर्षालाई छेक्ने
यी सब तिमीमा अटेको छन् ।
तिमी म मा अटेको छ,
हामी दईको अटाइ
अपार छ अपार,
ए मेरो झोला
ए मेरो सहयात्री
अब तिमीले बुझ्यौ
यति मात्र हैन,
यो गाउँपालिका बनाउने,
यो देशलाई सिंगार्ने
औजार अटाउनु पर्छ, ज्वागल जुटाउनु पर्छ
अनि सारा नेपालीको खुसी र सुख अटाउनु पर्छ,
हाँसो अटाउनु पर्छ ।
ए मेरो झोला
ए मेरो सहयात्री
रचना:
निरुता कार्की
कक्षा ९
श्री महाचुनी माध्यामीक विद्यालय
ईन्द्रसरोवर ५, मकवानपुर