FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा कार्यशाला ।

गाउँपालिकाको पार्श्वचित्र तथा तथ्याङ्कहरुको आधारमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमाको लागि ३ दिने कार्यशाला गाउँपालिकाले सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गते देखि सञ्चालन भएको कार्यशाला १७ गते समापन भएको हो। गाउँपालिका भित्रका जनप्रतिनिधि, राजनीतिज्ञ दल, विद्यालयका प्र.अ., पर्यटन, होटल, मत्स्य, डुङ्गा व्यवसायी, संघका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी, लगायत गाउँपालिकाको विकाससँग सम्बन्धित सरोकारवाला नागरिक तथा कर्मचारीहरुको उक्त कार्यशालामा सहभागीता रहेको थियो ।

आर्थिक वर्ष:

//