समाचार
सिस्नेरीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण
इन्द्ररोवर गाउँपालिका वडा नं. ३ सिस्नेरीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको प्राविधिक सहयोगमा नमुना फलफुल पकेट क्षेत्र सञ्चालक समितिले यहि जेठ २२ गते विभिन्न कृषि सामाग्री वितरण गरिएको इन्द्रसरोवर गाउँपालिकाका कृषि प्रमुख कुमार पौडेलले जानकारी दिए ।
गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यता रहेको एक औपचारिक कार्यक्रमका बिच समितिका अध्यक्ष कमल बहादुर थिङ तथा कृषि प्रमुख पौडेलले किसानलाई सामाग्री हस्तान्तरण गरेको हो ।