समाचार
वडा नं. १
इन्द्रसरोवर गाउँपालिकाको वडा न. १ साबिक मकवानपुर जिल्लाको मार्खु गा.बि.स.का ९ वडा हरु समेटेर पुन संरचना गरिएको हो |साविक मार्खु गाबिस हाल वडा न.१ को आफ्नै खालको किम्मदन्ति छन् | स्थानीय तामाङ भाषामा मा-खु अर्थात निङगालो टुशाको तरकारी र म्हार-खु अर्थात घिउ र तरकारी अथवा निङगालो टुशाको तरकारी र तरकारीमा धेरै घिउ राखेर खाने गाउँवस्ती हो र यस शब्दको अपभ्रम्स भएर पछी मार्खु लेख्दै चलनचल्तीमा आएको स्थानीय पूर्वजहरुको भनाई रहेकाछन् |
मकवानपुर जिल्लाको उत्तर पश्चिम भूभाग रहेको मार्खुको उत्तर पश्चिम साबिक चित्लाङ गा.बि.स. हाल थाहा नगरपालिका वडा नं १० संघ जोडिएको छ भने पूर्वमा इन्द्रसरोवरकै वडा नं. ५ तथा दक्षिणी भेग इन्द्रसरोवर २ र थाहा नगरकै भूभाग संग सिमाना जोडिएको छ | मुख्य तया तामाङ जतिको बसोबास रहेको यस वडामा ब्राम्हण क्षेत्रि तथा नेवार जति को पनि उल्लेखनीय जनसंख्या रहेको छ |मकवानपुर जी.बि.स. पार्श्वचित्र २०७३ मा उल्लेखित भए अनुरुप ३९ बस्ति संख्या ७१५ घरधुरी र ४२२४ जनसंख्या भएको यस वडाको मौसम समशितोष्ण रहेको छ | नेपालकै एकमात्र मानब निर्मित ताल रहेको यस वडा मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा चिर परिचित रहनुका साथै देशकै लागि एक प्रमुख जलविधुत उर्जा भण्डार को रुपमा रहेको छ |
इन्द्रसरोवर ताललाई कुलेखानी जलाशयको रुपमा पनि चिनिन्छि । यो ताल मुलुककै हालसम्म सबैभन्दा ठुलो मानव निर्मित जलाशय हो । यहाँ वार्षिक करिब १ लाख २० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको आँकडा छ । मार्खु र कलंकी वरिपरिका ९ वटा खोला र खोल्साका पानीलाई एकत्रित गरेर २०३८ सालमा इन्द्रसरोवर ताल निर्मा०ा गरिएको हो ।७ किलोमिटर लम्बाई रहेकायो तालको अधिकांश भाग इन्द्रसरोवर गाउँपालिकाको वडा नं १ मार्खु र केही भाग वडा नं २ कुलेखानीमा पर्दछ ।उक्त जलाशयको बाँधबाट कुलेखानी पहिलो, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो आयोजनाहरु सञ्चालन भैरहेका छन् ।
यहाँ साना देखि मझौला किसिमका सुबिधा सम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । यहाँको होटलहरुमा करिव ७०० जना.सम्म पर्यटकहरुलाई बसोवास तथा खाना नास्ताको व्यवस्थापनको क्षमता रहेको छ भने अन्य केही सुविधासम्पन्न होटलहरु निर्मा०ाको क्रममा रहेको छ ।पर्यटकहरुको मनोरञ्जनको लागि डुङ्गा चढ्ने सुबिधा रहेको छ भने कुलेखानीको ताजा माछाको स्वाद लिन पाइन्छ ।इन्द्रसरोवर तालमा डुङ्गा सयर गर्दा हुन सक्ने आकस्मिक दुर्घटनामा उद्धारका लागि मोटरबोटको व्यवस्था गरिएको छ ।
निर्वाचित पदाधिकारीहरु वडा नं. १ | ||||
क्र.सं | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | वडा अध्यक्ष | श्री सुवास थापा मगर | इन्द्रसरोवर-१ | 9861292051 |
२ | वडा महिला सदस्य | श्री गोमा वाईवा | इन्द्रसरोवर-१ | 9845847992 |
३ | वडा दलित महिला सदस्य | श्री लक्ष्मी दमाई | इन्द्रसरोवर-१ | 9808900858 |
४ | वडा सदस्य | श्री बुद्ध घिसिङ | इन्द्रसरोवर-१ | 9807205478 |
५ | वडा सदस्य | श्री मनकृष्ण आले मगर | इन्द्रसरोवर-१ | 9841159197 |
१ नं. वडा कार्यालय कर्मचारी | ||||
क्र.सं | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | वडा सचिव | श्री सुरेश कोइराला | काठमाडौं, नेपाल | 9855088188 |
२ | वडा प्राविधिक | श्री ज्ञानेन्द्र नेपाल | बलेफि-२, सिन्धुपाल्चोक | 9849964336 |
३ | कृषि ना.प्रा.स | श्री कुमार पौडेल | हेटौंडा-१६, मकवानपुर | 9845287829 |
४ | पशु ना.प्रा.स | श्री सनित्र सिं मोक्तान | इन्द्रसरोवर-१, मार्खु | 9866273662 |
५ | कार्यालय सहयोगी | विष्णु माया तामाङ | इन्द्रसरोवर-१ | 9813598449 |
१ नं. वडा मार्खु स्वास्थ्य चौकी कर्मचारी | ||||
क्र.सं | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | सि.अ.हे.व | श्री सुवास राना | 9866880824 | |
२ | सि.अ.न.मी | श्री गीता गोपाली | 9845235960 | |
३ | अ.न.मी. | श्री लिलामाया लामा | 9862545910 | |
४ | अ.न.मी | श्री सुभद्रा लामा | 9843695166 | |
५ | कार्यालय सहयोगी | श्री सरस्वती रिमाल | 9816224613 |