FAQs Complain Problems

समाचार

वडा नं.३

साबिक सिस्नेरी  गाबिस का ९ वडा  समेटेको इन्द्रसरोवर गाउँपालिका  वडा नं ३  मकवानपुर जिल्लाको  उत्तर पुर्बी  भेगमा अवस्थित रहेको छ |साविक सिस्नेरी गाबिस हाल वडा न.३ को पनि छुट्टैकिसिमको महत्व रहेको पाइन्छ |स्थानीय जानकारहरुको भनाई अनुसार धेरै वर्ष अगाडीतिर यस क्षेत्रमा सिस्नु नै सिस्नुको घारीहरु अत्याधिक मात्रामा रहेकाले बिस्तारै सिस्नु घारीबाट सिस्नेरी नामाकरण भएको भनाई रहेका छन् |

दक्षिण पुर्बी सिमाना काठमान्डौ जिल्ला  दक्षिणककाली नगरपालिका  र मकवानपुर भीमफेदी गाउँपालिका सँग  जोडिएको  यस वडाको  सिस्नेरी (डोढारे) मकवानपुर उत्तर पुर्बी  भेगको प्रमुख ब्यापारिक केद्र रुपमा रही आएको छ | यस वडाका मुख्य बस्ति हरु  काप्राङ,रामचन्द्र भन्ज्यांग,सिस्नेरी, टेकर ,वखरडाँडा  आदि रहेका छन | मुख्य तया तामाङ  हरुको  बसोबास रहेको यस क्षेत्रमा ब्राम्हण क्षेत्रि लगाएत अन्य जात जतिको पनि  उल्लेख्य जनसंख्या रहेको छ | जी.बि.स. मकवानपुर को  पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार ३४६२  कुल जनसंख्या रहेको यस वडावासी  मुख्यतः ,नोकरी, ब्यापार ब्यबसाय, कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा  संलग्न रहेको पाइन्छ |

स्थानीय निर्वाचन २०७४ बाट श्री  चिरन्जिबी  पौडेल   वडा न ३ को  अध्यक्ष पदमा निर्वाचित हुनु  भएको छ |

इन्द्रसरोवर–३, सिस्नेरीमा अवस्थित यो गुफाले पर्यटनको प्रचुर संभावना बोकेको छ । सिस्नेरी डोडारेबाट उत्तर तर्फ करीव ५ सय मिटरको खोलाको तीरै तीर हिडेर यो गुफा पुग्न सकिन्छ । प्राकृतिक अलौकिक बिशेषता बोकेको यो गुफा पुग्ने जो कोही पनि आश्चर्य पर्ने छन् । साहसिक पदयात्राका लागि सहि गन्तव्यका रुपमा यस स्थानलाई लिन सकिन्छ । यसै स्थान हुदैं  ८० मिटर लामो झरना र बोक्सी दह समेत पुग्न सकिन्छ ।
 

वडा नं. ३ इन्द्रसरोवर गाउँपालिकाको विस्तृत विवरण, सिस्नेरी

वडा अध्यक्ष : श्री प्रताप भोम्जन (9851159030)

वडा सचिव : श्री सरस्वती लम्साल (9866136698)

वडा सदस्य : श्री वसन्त थापा मगर (9845271144)

वडा सदस्य : श्री वुद्धिराम डिम्डुङ (9855010375)

महिला सदस्य : श्री हिरामाया मोक्तान (9860101870)

दलित महिला सदस्य : श्री लिला सुनार (9862263963)

कार्यालय रहेको स्थान : सिस्नेरी

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३४६२
Ward Contact Number: 
श्री सरस्वती लम्साल (9866136698)