समाचार
वडा नं.३
साबिक सिस्नेरी गाबिस का ९ वडा समेटेको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ मकवानपुर जिल्लाको उत्तर पुर्बी भेगमा अवस्थित रहेको छ |साविक सिस्नेरी गाबिस हाल वडा न.३ को पनि छुट्टैकिसिमको महत्व रहेको पाइन्छ |स्थानीय जानकारहरुको भनाई अनुसार धेरै वर्ष अगाडीतिर यस क्षेत्रमा सिस्नु नै सिस्नुको घारीहरु अत्याधिक मात्रामा रहेकाले बिस्तारै सिस्नु घारीबाट सिस्नेरी नामाकरण भएको भनाई रहेका छन् |
दक्षिण पुर्बी सिमाना काठमान्डौ जिल्ला दक्षिणककाली नगरपालिका र मकवानपुर भीमफेदी गाउँपालिका सँग जोडिएको यस वडाको सिस्नेरी (डोढारे) मकवानपुर उत्तर पुर्बी भेगको प्रमुख ब्यापारिक केद्र रुपमा रही आएको छ | यस वडाका मुख्य बस्ति हरु काप्राङ,रामचन्द्र भन्ज्यांग,सिस्नेरी, टेकर ,वखरडाँडा आदि रहेका छन | मुख्य तया तामाङ हरुको बसोबास रहेको यस क्षेत्रमा ब्राम्हण क्षेत्रि लगाएत अन्य जात जतिको पनि उल्लेख्य जनसंख्या रहेको छ | जी.बि.स. मकवानपुर को पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार ३४६२ कुल जनसंख्या रहेको यस वडावासी मुख्यतः ,नोकरी, ब्यापार ब्यबसाय, कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा संलग्न रहेको पाइन्छ |
स्थानीय निर्वाचन २०७४ बाट श्री चिरन्जिबी पौडेल वडा न ३ को अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ |
इन्द्रसरोवर–३, सिस्नेरीमा अवस्थित यो गुफाले पर्यटनको प्रचुर संभावना बोकेको छ । सिस्नेरी डोडारेबाट उत्तर तर्फ करीव ५ सय मिटरको खोलाको तीरै तीर हिडेर यो गुफा पुग्न सकिन्छ । प्राकृतिक अलौकिक बिशेषता बोकेको यो गुफा पुग्ने जो कोही पनि आश्चर्य पर्ने छन् । साहसिक पदयात्राका लागि सहि गन्तव्यका रुपमा यस स्थानलाई लिन सकिन्छ । यसै स्थान हुदैं ८० मिटर लामो झरना र बोक्सी दह समेत पुग्न सकिन्छ ।
वडा नं. ३ इन्द्रसरोवर गाउँपालिकाको विस्तृत विवरण, सिस्नेरी
वडा अध्यक्ष : श्री प्रताप भोम्जन (9851159030)
वडा सचिव : श्री सरस्वती लम्साल (9866136698)
वडा सदस्य : श्री वसन्त थापा मगर (9845271144)
वडा सदस्य : श्री वुद्धिराम डिम्डुङ (9855010375)
महिला सदस्य : श्री हिरामाया मोक्तान (9860101870)
दलित महिला सदस्य : श्री लिला सुनार (9862263963)
कार्यालय रहेको स्थान : सिस्नेरी