FAQs Complain Problems

समाचार

मौरी पालन सीप विकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत मौरी पालन सीप विकास तालिम वडा नं. १ र २ का १४ जना सहभागिहरुलाई यसै पालिकाको वडा नं. २ खानिखेतमा मिति २०८०\०२\१७ गते आर्थिक विकास समिति संयोजक एबम् ३ नं. वडा अध्यक्ष प्रताव भोम्जनको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण सहित तालिम समापन गरियो । समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, २ नं. वडा अध्यक्ष सुमन श्रेष्ठ, ४ नं. वडा अध्यक्ष चन्द्र कुमार बल, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: