समाचार
मिति २०७९-१२-२८ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१, मार्खुमा अस्थाई प्रहरी चौकीको समुदघाटन
मिति २०७९-१२-२८ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१, मार्खुमा अस्थाई प्रहरी चौकीको समुदघाटन भएको छ | गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू अध्यक्षता रहेको प्रहरी चौकी समुदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डे, विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, स.प्र.जि.अ श्री नेत्रप्रसाद शर्मा, प्रमुख सेनानी (सुपारिटार) श्री गोबिन्दराज घिमिरे, प्र.ई.जि.प्र.का मकवानपुरबाट श्री बामदेव गौतम, श्री अनिल कार्की (शसस्त्र प्रहरी उपरीक्षक), गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, कार्यवहाक वडा अध्यक्ष श्री मनकृष्ण आले मगर, निवर्तमान वडा अध्यक्ष श्री जमान सिं वाइबा लगायतका महानुभावहरुको समुपस्थिति रहेको थियो।कार्यक्रम संचालन गाउँपालिका योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई ज्यूले गर्नु भएको थियो।