समाचार
जेष्ठ नागारिकहुलाई न्यानो कपडा वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम
जेष्ठ नागरिकहरुको सम्मानको लागि इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०७९ पुस २४ गते देखि पुस २८ गते सम्म सम्पूर्ण वडाहरूमा संचालन हुने ६८ बर्ष माथिका जेष्ट नागरिक, ६० बर्ष माथिका एकल महिला, ६० बर्ष माथिका दलित जेष्ठ नागरिक र “क” बर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गर्ने व्यक्तिहरु र सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिईरहेका ६८ वर्ष माथिका जेष्ठ नागारिकहुलाई न्यानो कपडा वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत आज ५ नं. वडा, चखेलमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की , ५ नं. वडा अध्यक्ष श्री दुतराज तितुङ् , कार्यपालिका सदस्य श्री शोभा कामी, योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई, वडा सदस्यहरू , महिला बालबालिका शाखाबाट श्री कमला देवी शर्मा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाबाट श्री मञ्जरी बलामी, स्वास्थ्यकर्मीहरू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै कार्यक्रममा डा. रामेश्वर कुमार साह बाट जेष्ठ नागरिकाहरूले स्वास्थ्य परिक्षण गरिएको थियो।