FAQs Complain Problems

समाचार

जिसस मकवानपुरद्धारा इन्द्रसरोवर गाउँपालिकाको आयोजना अनुगमन

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले विगत ४ वर्षमा गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्ट भएको जनाएको छ । जिल्ला समन्वय समितिद्धारा शुक्रबार गाउँपालिकाको अनुगमनका क्रममा बिगत ४ वर्षमा गाउँपालिकामा व्यापक परिर्वतन भएता पनि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रमा भएको परिर्वतनबाट सन्तुष्टि मिलेको जनाईएको छ ।

 

शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, र प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारीले जनताको माग बमोजिम पूर्वाधारसंगै सामाजिक क्षेत्रमा समेत उतिकै ध्यान दिएर काम गरेको बताउनुभयो । उहाँहरुले सबै वडामा स्वास्थ्य कार्यालय निर्माण गरेर स्वास्थ्यको पहुँचमा पु¥याईएको, स्वयमसेवीलाई भत्ता, जीरो होम डेलिभरी, निशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रमबाट नागरिकलाई स्वास्थ्यमा पहुँच बृद्धि गरिएको जानकारी दिईएको थियो ।

आर्थिक वर्ष: