समाचार
कृषि ,पशु र अमिन प्राविधिक कर्मचारी सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!
प्रथम पटक सूचना प्रकाशित मिति :२०७७/०४/१९
प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकामा तपशिल बमोजिमको प्राविधिक कार्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |
क्र.सं.
विज्ञापन नं.
पद
तह
सङ्ख्या
1
०७७/०७८-०३
प्राविधिक सहायक (पशु)
सहायक स्तर पाचौं
1
2
०७७/०७८-०४
नायब प्राविधिक सहायक (पशु)
सहायक स्तर चौथौं
1
३
०७७/०७८-०५
नायब प्राविधिक सहायक (कृषि)
सहायक स्तर चौथौं
1
४
०७७/०७८-०६
अमिन (प्राविधिक)
सहायक स्तर चौथौं
1
1. आवश्यक न्यूनतम योग्यता र अनुभव:
क. प्राविधिक सहायक (पशु)
- मान्यताप्राप्त शिक्षण संस्थाबाट पशु विज्ञानमा प्रविणता प्रमाणपत्र तह वा सो सरह तह उतिर्ण भएको ।
ख. नायब प्राविधिक सहायक (कृषि)
- मान्यताप्राप्त शिक्षण संस्थावाट बालि विज्ञानमा प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको
ग. नायब प्राविधिक सहायक (पशु)
- मान्यताप्राप्त शिक्षण संस्थावाट पशु विज्ञान प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको
घ. अमिन
- मान्यताप्राप्त शिक्षण संस्थावाट अमिन विषयमा प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको
ङ. उमेर: दरखास्त दिने अन्तिम मिति सम्ममा १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्नेछ |
च. अनुभवीलाई विशेष प्राथामिकता दिइनेछ |
2. दरखास्त दिने स्थान: इन्द्रसरोवर गाउँपालिकाको कार्यालय |
३. दरखास्त दिने अन्तिम मिति :- प्रथम पटक सूचना प्रकाशित मितिले 15 दिन भित्र |
४. आवेदन दस्तुर :- प्राविधिक सहायक ( पशु) रु. ७०० र नायब प्राविधिक सहायक (कृषि, पशु)रु. ४०० |
५. छनौटको किसिम: इन्द्रसरोवर गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ को दफा (४) मा व्यवस्था भए बमोजिम |
६. सेवा सुविधा : नियमानुसार
७. आवेदन साथ संलग्न कागजातहरु: आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू:
- नागरिकता
- न्युनतम योग्यताको लव्धांक प्रमाणपत्र
- चारित्रिक प्रमाण पत्र
- अनुभव खुल्ने कागजात
- 2 प्रति पासपोर्ट आकारको फोटो