समाचार
एकीकृत सम्पति कर तथा योजना तर्जुमा सम्बन्धि प्रशिक्षण तालिम
इन्द्रसरोवर गाउँ पालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी हरुको लागि तिन दिने एकिकृत सम्पत्ति कर सम्बन्धि कार्यशाला मिति २०७५ जेष्ठ १९ देखि २१ गते सम्म संचालन भएको छ |
हेटौडा उप महानगर पालिकाका पुर्ब प्रवन्धक श्री बि. के. महर्जन प्रमुख प्रशिक्षक को रुपमा रहनु भएको उक्त कार्यक्रम मा जि.स. स., हेटौडाका सामाजिक विकास अधिकृत रामकृष्ण थापा ले संयोजक को भूमिका वहन गर्नु भएको थियो |
उक्त कार्यशाला पश्चात इन्द्रसरोवर गाउँ पालिकाका पदाधिकारी हरुका लागि दुई दिने योजना प्रक्रिया तथा बजेट तर्जुमा सम्बन्धि कार्यशाला मिति २०७५ जेष्ठ २१ र २२ गते सम्म संचालन भएको छ |
प्रदेश नं ३ क मुख्य सचिब श्री रेश्मी राज पाण्डे द्वारा प्रशिक्षण प्रदान गरिएको उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष श्री जीवन लामाले कार्यक्रम अत्यन्तै उपलब्धि मुलक रहेको समिक्षा गर्दै कार्यक्रम समापन गर्नु भएको छ |