समाचार
इन्द्रसरोवर गाउँपालिकाको नवौं गाउँ बजेट अधिवेशन विस्तृतिकरण योजनाहरु सर्वसम्मत स्वीकृत सहित सार्वजनकिकरण गरेर गाउँसभा समापन ।
इन्द्रसरोवर गाउँपालिकाको नवौं गाउँ बजेट अधिवेशन विस्तृतिकरण योजनाहरु सर्वसम्मत स्वीकृत सहित सार्वजनकिकरण गरेर गाउँसभा समापन । नवौं गाउँसभा को अवसरमा ऐतिहासिक नक्खु जेल बिद्रोह/ब्रेकका नायक तथा प्रमुख सेल्टर दाताहरु, राणाकालीन समयमा मकवानपुर जिल्लाको भीमफेदी -कुलेखानी- मार्खु हुदै थानकोट काठमाडौ सम्म गाडी बोक्ने साहसिक "वीर" व्यक्तित्वहरु, स्वास्थ्य चौकीहरुमा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीहरू, शैक्षिक सत्र २०७७ मा उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनमा सफल हुने विद्यालय, विद्यार्थी , अभिभावक,विषयगत शिक्षक,वि.व्य.स.हरु, उत्कृष्ट कृषक तथा उत्कृष्ट उपभोक्ता समितिहरुलाई कदर तथा सम्मान गरेर सम्पन्न।।