FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाको आ.व २०७७/०७८ अर्ध वार्षिक कार्य समिक्षा कार्यक्रम

गाउँपालिकाको अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा सञ्चालन भएको समिक्षा कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा, वडाका अध्यक्षहरु, गाउँ सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सहित गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाको विषयगत शाखाहरु कृषि विकास शाखा, पशु विकास शाखा, आर्थिक प्रशासन तथा राजश्व शाखा, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा, प्राविधिक, कानुन, वन, वातावरण तथा विपद व्यवस्थापन, मेड्पा, योजना, शिक्षा, स्वास्थ्य, प्रधानमन्त्री रोजगार कार्यक्रम र महिला विकास शाखा मार्फत भए गरेका कार्यहरुको शाखागत रुपमा प्रतिवेदन प्रस्तुत गरि समिक्षा गरिएको थियो । जस मार्फत हालसम्म सम्पादन भएका गतिविधि तथा प्रगतिहरुको प्रतिबेदन तयार हुनुका साथै आगामी लक्ष्य तथा योजनाहरुको जानकारी, कार्य सम्पादनमा भएका समस्या तथा चुनौतीहरुको समाधानका उपायहरूको सल्लाह र सुझाब सहित छलफल गरिएको छ ।

आर्थिक वर्ष: