FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाँउपालिका मकवानपुरका १० वटा पालिका मध्ये दोस्रो र गाँउपालिका मध्ये पहिलो उत्कृष्ठ घोषणा

काठमाडौं । उत्तरी मकवानपपुरको इन्द्रसरोवर गाँउपालिका जिल्लाको उत्कृष्ठ गाँउपालिकामा गणना भएको छ ।

आइतबार हेटौंडामा आयोजित पाँचौं जिल्ला सभामा सो पालिका जिल्लाभरीका स्थानीय निकाय मध्ये दोस्रो उत्कृष्ठ भई पुरस्कृत भएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले पालिकाका अध्यक्ष जीवन लामालाई सो कार्यक्रममा पुरस्कृत गरेका हुन् । नयाँ संविधान, नयाँ संरचना र नौलो संघीयताको अभ्यासमा नेपालको संबिधान तथा स्थानीय सरकार संचालन ऐन र स्थानीय कानून,कार्यविधि लगायत नीति विधि सुशासन सहित अनुशासन र प्रक्रियासंगत कार्यसम्पादनमा अब्बल भएर इन्द्रसरोबले पुरस्कार पाएको बताइएको छ । संभवत यो जिल्लाभरीको दोस्रो उत्कृष्ठ र जिल्लाका गाँउपालिका मध्ये पहिलो उत्कृष्ठ पालिका हो ।

मकवानपुर जिल्लाको पाँचौ जिल्ला सभामा सभाका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल सम्मानित हुँदै सम्मान पत्र ग्रहण गर्न पालिका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमाकुमारी लामा हेटौंडा पुगेका थिए ।

यसैबीच पालिका अध्यक्ष लामाले यो सफलताका लागि कार्यपालिकाका जनप्रतिनिधी हरु कर्मचारीहरुलाई श्रेय दिएका छन् । उनले भने, ‘कार्यसम्पादनमा जिल्लाकै दोस्रो स्थान प्राप्त गर्दै सम्मानित हुन सफलता दिलाउँने सहयोगी मेरा सहकर्मीहरु सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । कार्यसम्पादनको उच्चमूल्याङ्कन गर्दै समुदाय प्रती अझ उत्तरदायी हुन उत्प्रेरित एवम् उच्च मनोबलका साथ तिव्र इच्छाशक्ति जगाई दिनु भएकोमा मकवानपुर जिल्ला समन्वय समितका प्रमुख,उपप्रमुख लगायत सम्पूर्ण जिसस टिमलाई उच्च सम्मानका साथ हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

जिल्ला सभाका अवसरमा मकवानपुरका दश वटा स्थानीय तह मध्ये उत्कृष्ट काम गर्ने तीन वटा स्थानीय तहलाई सम्मान समेत गरिएको थियो । जिल्लामा उत्कृष्ट कार्य गर्ने थाहा नगरपालिका पहिलो, इन्द्रसरोवर गाउँपालिका दोश्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको कार्य शैली प्रशंसनिय भएको बताउनुभयो ।

उहाँले जिल्ला समन्व्य समितिले संघ, प्रदेश र स्थानीय तह बिचमा पुलको काम गरेको भन्दै जिससको कामको प्रशंसा गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर जिल्ला समन्वय समिति मकवानपुरले संविधानले दिएको अधिकार भन्दा बढी कार्य गरेको मुख्यमन्त्री पौडेलको भनाई थियो । उहाँले बागमती प्रदेशमा रहेका समन्वय समितिहरुमध्ये जिल्ला समन्वय समिति मकवानपुर ऊर्जाशील र गतिशील रहेको समेत बताउनुभयो ।

आर्थिक वर्ष: