FAQs Complain Problems

समाचार

इन्द्रसरोवरको फाखेल स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा ल्याब सेवा सुरु

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा चैत्र ९ गते सोमबार एक औपचारिक कार्यक्रम सञ्चालन गरी फाखेल स्वास्थ्य चौकीमा गर्भवती महिला भिडियो एक्सरे तथा ल्याव सेवा सञ्चालनमा ल्याएको हो ।

फाखेल स्वास्थ्य चौकीको व्यवस्थापन तथा बुद्धि गणेश पोलिक्लिनिक प्रा.लि. दक्षिणकाली, काठमाडौँको सहजीकरणमा सोमबारबाट सेवा सुरु गरिएको हो ।

सेवा सुरु भएसँगै इन्द्रसरोवर गाउँपालिका वडा नं.४ फाखेल लगायत इन्द्रसरोवर गाउँपालिकाका सबै वडाका नागरिकहरुलाई लाभ मिल्ने आशा गरिएको छ ।

औपचारिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं. ४ का वडाध्यक्ष धनवीर स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: