समाचार
आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेट निर्माणको लागि राय/सुझाव संकलन सम्बन्धी सूचना !!
आ.व 2080/081 को नीति तथा कार्यक्रम एवम् बजेट निर्माणको लागि राय/सुझाव संकलन सम्बन्धी सूचना !!
"प्रयोगमैत्री संरचना शिक्षा, पर्यटन र कृषि-समतामूलक विकास इन्द्रसरोवरको समृद्धि" लाई रणनीतिक सोच निर्धारण गरेको यस गाउँपालिका आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेट तर्जुमाको चरणबद्ध तयारीमा लागेको जानकारी गराउँदछौँ। नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ का प्रावधान तथा "इन्द्रसरोवर गाउँपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना (आ.व. २०७८/०७९-२०८२/०८३) का दीर्घकालीन सोच, लक्ष्य तथा उद्धेश्यसँग मेलखाने गरि गाउँपालिकाको आवश्यकता, साधन स्रोतको उपलव्धता, संस्थागत क्षमता समेतको आधारमा आगामी आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयबस्तु सम्बन्धमा रचनात्मक राय/सुझाव मिति २०८० असार ५ गते सम्म प्रदान गरिदिनु हुन सम्पूर्ण नागरिक समाज, राजनैतिक दल, सरकारी तथा गैर-सरकारी संघ-संस्था, शिक्षक, बुद्धिजीवि, पेशा व्यवसायी, पत्रकार एवम् स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौँ।
राय/सुझावको लागि:
सम्पर्क नं. 9847216005
Email: indrasarowarmun@gmail.com
Google Form link: https://forms.gle/5wQsp8sLh9UU8yXU7