FAQs Complain Problems

समाचार

वडा नं. ५

इन्द्रसरोवर गाउँ पालिकाको  वडा नं ५  उत्तरी मकवानपुरको  काठमाडौं जिल्ला संग सिमाना जोडिएको  क्षेत्र हो | यस वडाको बाहिरी सिमाना क्षेत्र हरुमा  दक्षिणकालि नगरपालिका   चन्द्रागिरी  नगरपालीका तथा  थाहा नगरपालिका उत्तरी तथा पश्चीमि सिमानामा रहेको  छ  साथै वडा १ र ४ अन्तरिक सिमानामा रहेका छन | मुख्य व्यापार केन्द्रको रुपमा रहेको पाटिचौर मा वडा कार्यालय रहेको  यस वडामा  खड्पु ,पौवाटोल, पाटिचौर, चखेल  आदि स्थान हरुमा मुख्य बसोवास  रहेको छ | नेवार र तामाङ जातिको मुख्य जनघनत्व रहेको यस क्षेत्रमा क्षेत्रि, ब्राम्हण आदि जात जतिको पनि  बसोवास रहेको छ | समशितोष्ण  हावापानी रहेको यस क्षेत्रको बासिन्दाको आय आर्जनको स्रोतको रुपमा  मुख्यतः कृषि नै रहेको छ यस बाहेक नोकरी व्यापार ब्यबसाय मा पनि उलेख्य मानिस लागेका छन् |   यस वडा को उत्तर प्रश्चिमी क्षेत्रमा रहेको चन्द्रागिरी भालेश्वर महादेव  धार्मिक तथा  मनोजनात्मक पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ |  २०७३ सालको सर्वेक्षण अनुसार ३६९४ कुल जनसंख्या रहेको यस वडाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा गुप्तेश्वर गुफा पनि रहेको छ |

स्थानीय निर्वाचन २०७९ बाट श्री  दुतराज तितुङ   वडा न ५ को  अध्यक्ष पदमा निर्वाचित हुनु  भएको छ  |

 

 

वडा नं. ५ इन्द्रसरोवर गाउँपालिका, फाखेल

वडा अध्यक्ष : श्री दुतराज तितुङ (9818869006

वडा सचिव : श्री इश्वर श्रेष्ठ (9847363086)

वडा सदस्य :श्री महेश बलामी (9849022708)

वडा सदस्य :श्री ज्ञान भक्त बलामी (9851143225)

महिला सदस्य : श्री सविना कार्की (9818061130)

दलित महिला सदस्य : श्री शोभा कामी (9808066206)

कार्यालय रहेको स्थान : पाटिचौर

कार्यालय सचिवको फोन नं. : श्री इश्वर श्रेष्ठ (9847363086)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३६९४
Ward Contact Number: 
श्री इश्वर श्रेष्ठ (9847363086)