FAQs Complain Problems

समाचार

सहयोगको लागि इन्द्रसरोवर गाउँपालिकाको हार्दिक अपिल !!

 

खाताको नाम:

GA-7.2 STHANIYA TAHA PRAKOP BYABASTHAPAN KOSH KHATA (INDRASROVAR GA. PA)

खाता नं.: 35604010000006

बैंकको नाम: ग्लोबल आईएमई बैंक लि, इन्द्रसरोवर शाखा

 

यस गाउँपालिकामा अविरल वर्षाका कारण प्रभावित खासगरी विपन्न नागरिकहरुको (जो दिनभरी मजदुरी गरी साँझ घरमा छाक टार्नु पर्ने स्थितिमा छन् ) लागि दैनिक गुजारा गर्न समस्या भैरहेको छ। यसै सन्दर्भमा यस गाँउपालिका भित्र रहेका विपन्न नागरिकलाई दैनिक उपभोग्य वस्तु चामल, दाल,नुन,तेल जस्ता राहत सामाग्रीहरु वितरण गर्न साथै विपद् व्यवस्थापन गर्नका लागि बिपद् ब्यबस्थापन कोष खडा गरिएको छ। विपदको यस समयमा राहत बितरणलाई एकद्घार प्रणालीबाट सञ्चालन गरी व्यवस्थित गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, उद्योगी, व्यापारी, सामाजिक संघ संस्था लगायत इच्छुक व्यक्ति तथा संस्थाहरुबाट सहयोग गर्न अनुरोध गर्ने भनी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम ग्लोबल आईएमई बैक, इन्द्रसरोवर शाखामा तपसिल अनुसारको विवरण रहेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सक्दो स्वेच्छिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ।

तपसिल:

खाता नाम : ग-७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता (इन्द्रसरोवर गा.पा)

(GA-7.2 STHANIYA TAHA PRAKOP BYABASTHAPAN KOSH KHATA (INDRASROVAR GA. PA)

खाता  नं. 35604010000006

नोट: अत्यावश्यक खाद्य सामाग्रीहरु र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि, उपकरण लगायतका जिन्सी सामाग्रीहरु समेत सहयोग स्वरुप उपलब्ध गराउन सकिनेछ।साथै यस विपद्को घडिमा राहत बितरणमा दोहोरोपना हुन नदिन र राहत वितरण कार्यलाई व्यवस्थित गर्न  एकद्घार प्रणाली अपनाउन इच्छुक व्यक्ति तथा संस्थाले गाँउपालिका मार्फत  मात्र बितरण गर्नुहुन अनुरोध गर्दछौँ।

सम्पर्क व्यक्ति:

गा.पा. अध्यक्ष देवकृष्ण पुडासैनी 9841492363

उपाध्यक्ष,  उमा कुमारी लामा 985508916७

प्रमुख प्रशासकीय अधिकृत, प्रलाद कार्की 9855088166

विपद् फोकल पर्सन, राजन खतिवडा 9845618431

आर्थिक वर्ष: