समाचार
७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं.३ र ४ मा संचालित आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गर्नु भएका विभिन्न व्यवसायीहरुको अनुगमन
आ.व २०८०/०८१ मा इन्द्रसरोवर गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम कृषि पशुपन्छी तथा घरवास पर्यटन व्यवसायीहरूलाई ७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं.३ र ४ मा संचालित आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गर्नु भएका विभिन्न व्यवसायीहरुको अनुगमन गरियो। उक्त अनुगमनमा इन्द्रसरोवर गाउँपालिका वडा न . ३ अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक श्री प्रताप भोम्जन , वडा न . ४ अध्यक्ष श्री चन्द्रकुमार बल कृषि शाखा प्रमुख श्री सचिन बिष्ट, पशु विकास शाखा प्रमुख श्री नविन कुमार अधिकारी लगायत अन्य कर्मचारीको उपस्थितिमा रहेको थियो।