FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८०

इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० को मिति २०८० मंसिर २२ गते एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युले समापन गर्नु भयो। उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की , वडा नं.३ का वडा अध्यक्ष श्री प्रताप भोम्जन, वडा नं ४ का वडा अध्यक्ष श्री चन्द्रकुमार बल, वडा नं २ का वडा कार्यवाहक अध्यक्ष श्री प्रताप सिं लामा, विद्यालय प्र.अ ज्युहरू, शिक्षक प्रतिनिधि, विद्यालयहरुबाट उल्लेख्य सहभागिता का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। प्रतियोगितामा श्री बत्सलादेवी मा वि,सिस्नेरी अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० को विजेता बन्न सफल भयो |

आर्थिक वर्ष:

//