समाचार
वडा नं. ४
काठमाडौं जिल्ला संग सिमाना जोडिएको साबिक फाखेल गा.बि.स का १,२,३ र ४ वडा समावेश गरी राज्य पुनः संरचना अन्तर्गत हाल इन्द्रसरोवर गाउँपालिकाको ४ न. वडा घोसणा गरिएको हो |
फाखेल गाबिस हाल वडा न.४ र ५ को पनि आफ्नो छुट्टै किसिमको इतिहास रहेको पाईएको छ |नेपालको नलेखिएको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको संवाहक तथा नेपाली राजनेताहरुबाट २०३३ चैत्र १२ गते रातिको ऐतिहासिक नख्खु जेल बिद्रोह पछीको राजनैतिक परिवर्तनको उद्गमस्थल फाखेल |
प्राचीनकालमा भगवान रामले आफ्नो सिकारी कुकुरहरु सहित सिकार खेल्दै बनेललाई लखट्दै-लखट्दै आउँदा अहिलेको फाखेलचौरमा आईपुग्दा उज्यालो अर्थात बिहानको भाले वासेकोले बनेल फाखेलचौरको नजिकैको बारीमा तथा एउटा कुकुर चौरमा र अर्को कुकुर कासिचौरमा ढुंगा अर्थात शिला भएको भन्ने कथन रहेका छन् |स्थानीय तामाङ भाषामा फाग-बनेल र खेल-चौर अर्थात बनेल चर्ने/बनेल दौडने चौर लाई कालान्तरमा आएर फाग-खेल लाई फाखेल नामाकरण भएको हो भन्ने कुरा यहाँका अग्रजहरुले सुझाएका छन् | हालसम्म पनि यस स्थानमा शिला भएका भन्ने बनेल र कुकुर “ढुंगा” प्रत्यक्ष देख्न सकिन्छ |
समशितोष्ण हावापानी रहेको यस वडामकवानपुर जिल्लाकै प्रमुख कृषि तथा पशुजन्य उत्पादक पकेट क्षेत्रको रुपमा परिचित रहेको छ | मुख्य तया तरकारी तथा फलफुल उत्पादन हुने यस क्षेत्रको बासिन्दा हरुको प्रमुख आय आर्जन को रुपमा कृषि क्षेत्र रहेको छ | दक्षिणकाली नगर पालिकाको सिमाना हुमाने लगाएत राकसखोला, पुरन्डी आदि क्षेत्रम मुख्य बसोवास रहेको यस वडामा मुख्य तया तामाङ जातिको बसोबास रहेको रहेको छ | जी.बि.स. मकवानपुर को पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार २५३४ कुल जनसंख्या रहेको यस वडावासी मुख्यतः ब्यापार ब्यबसाय, कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा संलग्न रहेको पाइन्छ | राजनीतिक पृष्ठभूमि बोकेको वडा नं ४ को फाखेल सलेमले डाँडा तथा आसपासका क्षेत्रमा गुरु योजना तयार भई फाखेल मैत्री पार्क को निर्माण कार्यन्वयनमा रहेको छ |
वडा नं. ४ इन्द्रसरोवर गाउँपालिका, फाखेल
वडा अध्यक्ष : श्री चन्द्र कुमार बल (9849805041)
वडा सचिव : श्री राजु कुमार जैसी (9868224751)
वडा सदस्य :श्री आईमान भ्लोन (9868000900)
वडा सदस्य : श्री निराजन डिम्डुङ्ग (9861849688)
महिला सदस्य : श्री सानुकान्छी स्याङ्तान (9849210083)
दलित महिला सदस्य : श्री सावित्री सुनार (9843772141)
कार्यालय रहेको स्थान : फाखेल
कार्यालय सचिवको फोन नं. : श्री राजु कुमार जैसी (9868224751)