समाचार
वडा नं.२
साबिक कुलेखानी गाबिस का ९ वोड़ा समेटेको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ | इन्द्रसरोवर तालको ड्याम रहेको यस वडाको खानिखेतमा इन्द्रसरोवर गाउँ कार्यपालिकाको कार्यालय रहेको छ |साविक कुलेखानी गाबिस हाल वडा न.२ को पनि आफ्नै इतिहास रहेको पाइन्छ |बिगतमा दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मानिसहरुको वसोवासको बाहुल्यता रहेको यस ठाउँमा कुल्ली काम गरि खानेहरुको खानि नै रहेको हुदा कुलेखानी नामाकरण गरिएको भनाई पनि रहेका छन् |भने ऐतिहासिक चिसापानी गढी भीमफेदीबाट कुलेखानी हुदै तत्कालिन शासक राणाहरुले चढेको गाडी बोकेर काठमाण्डौ पुर्याउदाका कुल्लीहरु र टाढा-टाढा देखि भिमफेदि सम्म नुन तेल लिन आउने भरियाहरु जम्मा भएर खाजा खाने स्थान अर्थात कुल्लिले खाने स्थानलाई पछी कुलेखानी नामाकरण भएको साथै यस क्षेत्रमा प्रसस्त मात्रामा तामा,फलाम र किट खानिहरु भएकोले पनि पछिल्लो समय कुलेखानी नामबाट चिनिन थालेको स्थानीयवासीहरुको भनाई रहेको छ |
कुलेखानी नदीको प्रमुख भूभाग हरु समेटेको यस वडाका मुख्य बस्ति हरु देउराली, छापखोरिया, किटिनी, खानिखेत टोड्के, भालुखर्क, सुकौरा ,कलंकी आदि रहेका छन | मुख्य तया तामाङ तथा मगर हरुको बसोबास रहेको यस क्षेत्रमा ब्राम्हण क्षेत्रि लगाएत अन्य जात जतिको पनि उल्लेख्य जनसंख्या रहेको छ | जी.बि.स. मकवानपुर को पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार ४१५६ कुल जनसंख्या रहेको यस वडावासी मुख्यतः कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा संलग्न रहेको पाइन्छ |
करीव १ सय बर्ष पुरानो इतिहास बोकेको यो गुम्वा इन्द्रसरोवर–२, कुलेखानीमा अवस्थित छ । इन्द्रसरोवर गाउँपालिकाको कार्यालयबाट करिब ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिनेयो गुम्बा भित्र गुरु पद्मसम्भव मुर्ति देख्न सकिन्छ भने भित्ताहरु कलाकृतिहरुले सजावट गरिएको छ ।वि.सं. १९७० सालमा प्रमुख लामा सो छेकु दोर्जे लामाले यस गुम्बाको स्थापना गरेको जानकारहरु बताउँछन् ।महिनाको २ पटकअनिवार्य विश्व शान्तिको लागि पुजा, पाठ हुने यस गुम्बामा हाल दैनिक पुजापाठको लागि प्रमुख लामा गोम्पे लामा रहेको छ । यस गुम्बा मार्फत ९ जना लामाहरुरले अन्यत्र गुम्बामा गई ३ वर्षे गुफामा बसी ज्ञान हाँसिल गरिसकेका छन् । अधिकांश तामाङहरुको बसोवास भएको उक्त क्षेत्रमा रहेको उक्त गुम्बा प्रतिबौद्ध धर्मावलम्बी तथा तामाङहरुको आश्थाको केन्द्र बनेको छ । त्यस क्षेत्रका तामाङहरुको ंसंस्कार बमोजिम मृत्यु पश्चात गरिने ंसस्कार उक्त गुफामा नै गरिने चलन छ ।
२ नं वडा जनप्रतिनिधिहरुको विवरण | ||||
क्र.स | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | २ नं. वडा अध्यक्ष | श्री सुमन श्रेष्ठ | इन्द्रसरोवर-२ | 9849332906 |
२ | २ नं. वडा महिला सदस्य | श्री इन्दिरा थिङ | इन्द्रसरोवर-२ | 9861326931 |
३ | २ नं. वडा दलित महिला सदस्य | श्री सरला परियार | इन्द्रसरोवर-२ | 9863279824 |
४ | २ नं. वडा सदस्य | श्री प्रताप सिं लामा | इन्द्रसरोवर-२ | 9845402384 |
५ | २ नं. वडा सदस्य | श्री बुद्धिराम लामा | इन्द्रसरोवर-२ | 9811219139 |
६ | मनोनित कार्यपालिका सदस्य | श्री सम्झना परियार | इन्द्रसरोवर-२ | 9818653428 |
२ नं वडा कर्मचारीहरुको विवरण | ||||
क्र.स | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | वडा सचिव | श्री राम कुमार रिमाल | इन्द्रसरोवर-१ | 9845070907 |
२ | वडा प्राविधिक | श्री सुजन तामाङ | इन्द्रसरोवर-१ | 9840224384 |
३ | कार्यालय सहयोगी | श्री सानुमाया घोले | इन्द्रसरोवर-२ | 9817217963 |
Email: | ward2.indrasarowarmun@gmail.com |
२ नं वडा खानीखेत स्वास्थ्य चौकी कर्मचारीहरुको विवरण | ||||
क्र.स | पद | नाम | ठेगाना | सम्पर्क नं. |
१ | सि.अ.हे.व | श्री रमेश प्रसाद कोइराला | 9869525150 | |
२ | सि.अ.न.मी | श्री प्रज्ञा राना | 9865880687 | |
३ | कार्यालय सहयोगी | श्री सुभद्रा पुडासैनी | इन्द्रसरोवर-२ | 9865539003 |