FAQs Complain Problems

समाचार

मायाको चिनो वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत आज पहिलो दिन नं.४ वडा, फाखेलमा

जेष्ठ नागरिकहरुको सम्मानको लागि इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०८१ माघ ११ गते देखि माघ १५ गते सम्म सम्पूर्ण वडाहरूमा संचालन हुने ६८ बर्ष माथिका जेष्ट नागरिक, ६० बर्ष माथिका एकल महिला, ६० बर्ष माथिका दलित जेष्ठ नागरिक र “क” र `ख´ बर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गर्ने व्यक्तिहरु र सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिईरहेका ६८ वर्ष माथिका जेष्ठ नागारिक तथा दलित बालबालिकालाइ मायाको चिनो वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत आज पहिलो दिन नं.४ वडा, फाखेलमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री चन्द्रकुमार बलज्यूले गर्नु भएको थियो। गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूको प्रमुख उपस्थिति रहेको कार्यक्रममा कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत श्री दीपक चापागाई, वडा सदस्यहरूका साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष: