FAQs Complain Problems

समाचार

न्यानो कपडा वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत आज पाँचौ तथा अन्तिम दिन २ नं. वडा, कुलेखानीमा कार्यक्रम सम्पन्न

जेष्ठ नागरिकहरुको सम्मानको लागि इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०८१ माघ ११ गते देखि माघ १५ गते सम्म सम्पूर्ण वडाहरूमा संचालन हुने ६८ बर्ष माथिका जेष्ट नागरिक, ६० बर्ष माथिका एकल महिला, ६० बर्ष माथिका दलित जेष्ठ नागरिक र “क” र `ख´ बर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गर्ने व्यक्तिहरु र सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिईरहेका ६८ वर्ष माथिका जेष्ठ नागारिक तथा भत्ता प्राप्त गर्ने दलित बालबालिकालाइ न्यानो कपडा वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत आज पाँचौ तथा अन्तिम दिन २ नं. वडा, कुलेखानीमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष श्री सुमन श्रेष्ठज्यूले गर्नु भएको थियो। गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी तथा उपाध्यक्ष श्री उमा कुमारी लामाको विशेष उपस्थिति रहेको थियो | साथै कार्यक्रममा डा. रिसव राज सरबाट जेष्ठ नागरिकाहरूले स्वास्थ्य परिक्षण गरिएको थियो |

आर्थिक वर्ष: