समाचार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्र, कुलेखानी मकवानपुरको समुद्घाटन कार्यक्रम
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाद्धारा संयुक्त रुपमा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्र, कुलेखानी मकवानपुरको समुद्घाटन कार्यक्रम जिल्ला आयुर्वेद केन्द्र मकवानपुरका अध्यक्ष श्री मधु बजगाईंको अध्यक्षता र बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री श्री डोरमणी पौडेलज्यूको प्रमुख आतिथ्यतामा मिति २०८०-१०-०४ गते एक कार्यक्रमका बीच सम्पन्न भएको छ।उक्त कार्यक्रममा संविधान सभा सदस्य माननीय अनन्त पौडेल, इन्द्रसरोवर गाउँपालिकाका गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष श्री जीवन लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका संयोजक श्री चिरञ्जीवी चुडाल, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री शंकर उपाध्याय, आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरकी कार्यालय प्रमुख डा. ललिता पाण्डे, डा. रमेश चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, गाउँपालिकाका वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा उपस्थित करिब १२८ जना नागरिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा र नि:शुल्क औषधि वितरण समेत गरिएको थियो।