समाचार
इन्द्रसरोवर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा स्थानीय तह स्तरीय अन्तर विद्यालय गणित प्रदर्शनी कार्यक्रम श्री पञ्चकन्या मा.वि, कुलेखानीमा सम्पन्न भएको छ |
इन्द्रसरोवर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा स्थानीय तह स्तरीय अन्तर विद्यालय गणित प्रदर्शनी कार्यक्रम श्री पञ्चकन्या मा.वि, कुलेखानीमा सम्पन्न भएको छ | कार्यक्रममा श्री पञ्चकन्या मा.वि, कुलेखानी प्रथम, श्री रामचन्द्र आधारभुत विद्यालय दोस्रो तथा श्री सरस्वती बालबोधिनी मा वी तेस्रो भएका छन | कार्यक्रममा विद्यार्थीले गणित सामग्रीहरू प्रदर्शन गरेका थिए । गणित पढ्न आवश्यक सामग्रीहरू धन, बेलना, क्लाइनो मिटर, वृत्त, जियो बोई आदिबाट गणित सम्बन्धी मूर्त रूपमा धारणा विकास गर्ने प्रक्रिया सहित प्रदर्शनी गरिएको थियो । गणितलाई प्रयोगात्मक रूपमा अध्ययन अध्यापन गराउन सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।