FAQs Complain Problems

समाचार

आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गरी सफल व्यक्तिको रुपमा परिचय बनाउनुभएका वडा नं.४ निवासी कृषकहरूको अनुगमन

आ.व 2078/079 मा इन्द्रसरोवर गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम कृषि पशुपन्छी तथा घरवास पर्यटन व्यवसायीहरूलाई ७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गतिशील साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट ऋण प्राप्त गरि आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन गरी सफल व्यक्तिको रुपमा परिचय बनाउनुभएका वडा नं.४ निवासी कृषकहरूले (सुनिता डिम्डुङ, मानकुमारी तामाङ, जिवन लामा, मञ्जु रुम्बा, राजकुमार बल ,विमला लामा , संजीव डिम्ङुङ) संचालन गर्नु भएको विभिन्न व्यवसायहरुको अनुगमन गरियो। उक्त अनुगमनमा इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यु, वडा न . ४ अध्यक्ष श्री चन्द्रकुमार बल शाखा अधिकृत श्री दीपक चापागाई, इन्जिनियर श्री विमल मोक्तान आर्थिक शाखा प्रमुख श्री सन्तोष बन्जारा कृषि शाखा प्रमुख श्री कुमार पौडेल, पशु विकास शाखा प्रमुख श्री नविन कुमार अधिकारी वडा कृषि तथा पशु प्राविधिक, सहकारी शाखा प्रमुख लगायत अन्य कर्मचारीको उपस्थितिमा रहेको थियो।

आर्थिक वर्ष: