उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

उच्च सतर्कता

उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

हालैका केहि दिनयता भएको अविरल/अतिभारी वर्षाका कारण यस गाउँपालिका क्षेत्रका खोला, नदी, तालमा जलस्तर बढन गएको कारण भिरालो जमिन क्षेत्रका बस्ती, नदी खोला किनाराका बस्ती लगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‌याउन सक्ने प्रवल सम्भावना रहेको देखिएको छ । वर्षा निरन्तर भईरहेको सन्दर्भमा जनधनको क्षति हुन नदिन यस गाउँपालिकाभित्रका भिरालो तथा पहिरोको जोखिममा रहेका घरहरू, नदी किनाराका घर तथा बस्ती साथै तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ । विपद् जोखिमको सम्भावनालाई मध्यनजर गर्दै हेटौडा-भैंसे-काठमाडौ सडक खण्डमा यात्रा गर्नु पूर्व जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी प्रशासन, र सशस्त्र प्रहरी वल नेपाल, कुलेखानीसँग जानकारी लिई गर्नु हुन सर्वसाधारण सबैमा जानकारी गराउँदछौ । साथै अत्यन्त जरूरी नभएसम्म सकेसम्म टाढा र रातीको समयमा यात्रा नगर्नु नगराउनु हुन, विशेष सतर्कता अपनाउन हुन, चनाखो हुन अनुरोध गरिन्छ । स्थानीय स्तरमा कार्यक्षेत्र रहेका संघ संस्था, स्थानीय युवा, क्लव, समूह, युवा स्वयंसेवक जत्था समेत सक्रिय रहि विपद्का समयमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग, समन्वय एवम् सहयोग गरिदिनु हुन समेत हार्दिक अनुरोध गरिन्छ ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरूरी सूचना ! ३१ असार, २०८३ JPG