आ. व २०८२/०८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना।
सम्पत्ति विवरण
आ.व २०8२/०८३ को सम्पत्ति विवरण फारम २०८३ भाद्र २9 गते भित्र सम्बन्धित निकायमा पठाइसक्नु पर्ने कानुनी प्रावधान अनुसार यस गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिहरू लगायत गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका शाखा, वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरू, सामुदायिक स्वास्थ्य इकाइ, सबै विद्यालयमा कार्यरत शिक्षकहरु तथा अन्य कार्यालयहरुमा कार्यरत सबै स्थायी तथा करार कर्मचारीहरू आ.व २०8२/०८३ मा राजिनामा वा अवकाश भएका कर्मचारीहरु समेतले २०८३ भाद्र १५ गते भित्र आ-आफ्ना सम्पत्ति विवरण फारम भरी यस गाउँपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।