इन्द्रसरोवर गाउँपालिकाको नयाँ वेबसाइट लाइभ (Live)!

नयाँ वेबसाइट लाइभ

इन्द्रसरोवर गाउँपालिकाको नयाँ वेबसाइट लाइभ (Live)!
🌐 नयाँ सुरुवात: इन्द्रसरोवर गाउँपालिकाको नयाँ वेबसाइट लाइभ (Live)! 🌐
गाउँपालिकाको सेवा प्रवाहलाई अझ बढी प्रविधिमैत्री, पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यका साथ नयाँ परिमार्जित वेबसाइट आधिकारिक रूपमा संचालन (Live) भएको जानकारी गराउन चाहान्छौं।
सूचना प्रविधिको यो नयाँ र व्यवस्थित स्वरूपलाई आत्मसाथ गर्दै नयाँ प्रविधि र मापदण्ड अनुसारको वेबसाइट लाइभ गर्नेमा हाम्रो इन्द्रसरोवर गाउँपालिका बागमती प्रदेशकै पहिलो स्थानीय तह बन्न सफल भएको छ।
💬 यहाँहरूको सल्लाह र सुझावको अपेक्षा!
वेबसाइटलाई अझ बढी व्यवस्थित, सूचनामूलक र प्रयोगकर्ता-मैत्री (User-friendly) बनाउन यहाँहरूको रचनात्मक प्रतिक्रिया हाम्रा लागि अमूल्य हुनेछ। नयाँ वेबसाइट अपडेट हुने क्रममै रहेकाले भिजिट गरी यसलाई अझै परिष्कृत र उत्कृष्ट बनाउन कस्ता सुधारहरू गर्नुपर्ला? कृपया आफ्ना अमूल्य सुझाव र सल्लाहहरू राखिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ