उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज २०८३ श्रावण ३ गते भारी/अतिभारी वर्षाको सम्भावना रहेको छ । भारी/अतिभारी वर्षाले बाढी, पहिरो, डुवान, गेग्रान बहाव, सडक अवरोध, नदी तथा खोलामा आकस्मिक जलसहत वृद्धि हुने, कटान हुने तथा अन्य विपद्जन्य घटना हुनसक्ने उच्च जोखिम रहेको छ । यस्तो मनसुन श्रृजित विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन यस गाउँपालिकाभित्रका भिरालो तथा पहिरोको जोखिममा रहेका घरहरू, नदी किनाराका घर तथा बस्ती साथै तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ । साथै यस पालिका हुँदै हेटौडा-भैंसे-काठमाडौ सडक खण्डमा यात्रा गर्नु पूर्व जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी प्रशासन, र सशस्त्र प्रहरी वल नेपाल, कुलेखानीसँग देहायको सम्पर्क नम्बारमा जानकारी लिई गर्नु हुन सर्वसाधारण सबैमा जानकारी गराउँदछौ । साथै अत्यन्त जरूरी नभएसम्म सकेसम्म टाढा र रातीको समयमा यात्रा नगर्नु नगराउनु हुनका साथै विशेष सतर्कता आपनाउन हुन, चनाखो हुन समेत अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरहरूः
1. सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश, हेभी, मकवानपुर, ९८५१२७१३९९
2. अस्थायी प्रहरी चौकी प्रमुख, मार्खु , इन्द्रसरोवर-१, मोवाईल नं ९८५५०७८१४५
3. खानीखेत प्रहरी चौकि प्रमुख, इन्द्रसरोवर-२, मोवाईल नं ९८५५०७१९०२
4. सिस्नेरी प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-३, मोवाईल नं ९८५५०७१९०१
5. फाखेल प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-४, मोवाईल नं ९८५५०९११४५
6. विपद् फोकल पर्सन, इन्द्रसरोवर गाउँपालिका, कुलेखानी, मोवाईल नं ९८४१५२३८९१