प्रेस विज्ञप्ति
मिति २०८३ भदौं १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति इन्द्रसरोवर गाउँपालिका, मकवानपुर गहिरो दुःख व्यक्त गर्दछ। बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस प्राकृतिक विपद्का कारण सम्पर्कविहीन हुनुभएका, घाइते हुनुभएका तथा बाढी-पहिरोका कारण अन्य कुनै समस्या वा जोखिममा पर्नुभएका नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक समन्वय र सहकार्य गर्न गाउँपालिका हार्दिक अनुरोध गर्दछ।
सम्पर्कविहीन भएका व्यक्ति, घाइते तथा विपद्का कारण समस्यामा पर्नुभएका नागरिकका सम्बन्धमा जानकारी भएमा वा तत्काल उद्धार, राहत तथा सहयोग आवश्यक परेमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गरी जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ।
आपत्कालीन सम्पर्क नम्बर
- सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश, हेभी, मकवानपुर, ९८५१२७१३९९
- अस्थायी प्रहरी चौकी प्रमुख, मार्खु , इन्द्रसरोवर-१, मोवाईल नं ९८५५०७८१४५
- खानीखेत प्रहरी चौकि प्रमुख, इन्द्रसरोवर-२, मोवाईल नं ९८५५०७१९०२
- सिस्नेरी प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-३, मोवाईल नं ९८५५०७१९०१
- फाखेल प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-४, मोवाईल नं ९८५५०९११४५
- विपद् फोकल पर्सन, इन्द्रसरोवर गाउँपालिका, कुलेखानी, मोवाईल नं ९८४१५२३८९१
गाउँपालिकाले विपद्को यस कठिन घडीमा सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला संघ-संस्थासँग आवश्यक समन्वय गरी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।साथै विपद्को यस दुःखद् घडीमा सम्पूर्ण नागरिकलाई संयमित, सुरक्षित र एकताबद्ध भई एक-अर्कालाई सहयोग गर्न इन्द्रसरोवर गाउँपालिका हार्दिक आह्वान गर्दछ।