समाचार
५०% अनुदानमा कृषि सामाग्री बितरण
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको गतिशिल साना किसान कृषि सहकारी संस्था लि र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषिआधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषि सामाग्री बितरण गरिएको छ | उक्त कार्यक्रमको प्रमुख अथिति इन्द्रसरोवरगाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रलाद कार्की बिशेष अथितामा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र कुमार बल र वडा नम्बर ५ का वडा अध्यक्ष दुतराजतितुङ कार्यपालिका सदस्य सानु कान्छी स्याङ्तान गतिशिल साना किसान संस्थाका अध्यक्ष सुकु लक्ष्मी डिम्डुङको उपस्थितिमा
१६ वटा मिनिटिलर ,८ वटा डिजिटल काँटा ,१० वटा मल्चिङ प्लास्टिक,६ वटा टनेल प्लासटिक ,धनिया, मुला,बिषादी बितरण गरिएको थियो |