FAQs Complain Problems

समाचार

वडा नं.२ भालुखर्कमा संचालित ३ महिने ढाका बुनाइ सीप विकास तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं.२ भालुखर्कमा संचालित ३ महिने ढाका बुनाइ सीप विकास तालिम यसै गाउॅंपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यूको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की ज्यु र २ नं. वडा महिला सदस्य श्री इन्दिरा थिड॰ज्युको उपस्थितीमा तालिम समापन  तथा प्रविधि हस्तान्तरण कार्यक्रम सु-सम्पन्न गरिएको छ।  उक्त कार्यक्रममा सहभागीहरुले प्रभावकारी ढंगबाट प्रशिक्षण गरिएको बताएका छन् । आगामी दिनमा तालिममा सिकेका कुराको प्रयोग गरी ढाकाबाट उत्पादन हुने खादा,सल,पछ्यौरा,चोली,कुर्ता सुरुवाल लगायतका सामानहरु उत्पादन गरी व्यवसायी रुपमा अगाडि बढ्ने बताएका छन् ।

आर्थिक वर्ष: