FAQs Complain Problems

समाचार

गाँउपालिकाको परिचय

साविकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविसहरु समेटेर इन्द्रसरोवर गाँउपालिका घोषणा भएकोे हो । यसको सिमानामा पूर्वमा वाग्मती गा.पा.ललितपुर र दक्षिणकाली न.पा.काठमाण्डौ , पश्चिममा थाहा न.पा. र भीमफेदी गाउँपालिका, उत्तरमा थाहा न.पा. र चन्द्रागिरि न.पा. र दक्षिणमा भीमफेदी गाउँपालिका पर्दछन । भौगोलिक अवस्थिति अनुसार ८५य०७ु५०ू पूर्वी देशान्तर देखि ८५य१५ु४७ू पूर्वी देशान्तर सम्म फैलिएको छ भने २७य३२ु१४ूउत्तरी अक्षांस  देखि २७य४०ु००ू उत्तरी अक्षांस (चन्द्रागिरी) सम्म फैलिएको छ । जिल्ला सदरमुकामबाट यो गाउँपालिकाको केन्द्र ४२ कि.मी. टाढाको दूरीमा रहेको छ भने काठमाण्डौवाट ४६ कि.मि.टाढा रहेको छ । ईन्द्रसरोवर गाँउपलिका मकवानपुर जिल्लाको उत्तरपुर्वी भेगमा अवस्थित छ । ईन्द्रसरोवर गाँउपालिकाको जम्मा क्षेत्रफल ९७.३२ वर्ग कि.मी. रहेको छ ।      
समून्द्र सतहबाट १०२० मिटर (बाग्मती दोभान) देखि २५६१ मिटर (चन्द्रागिरी) सम्मको उचाईमा रहेको यो गाँउपालिकाको मौसम समशितोष्ण रहेको छ । ईन्द्रसरोवर गाँउपालिकाको पुर्व पश्चिमको औषत दुरी १३.०५ कि.मि. रहेको छ भने उत्तर देखि दक्षिण तर्फको औषत दुरी १४.०५ कि.मि.सम्म फैलिएको छ । राज्य पुनःसंरचना हुँदा ५ वटा वडामा विभाजित गरिएको यस गाँउपालिका भित्र जम्मा २०३ वटा मुख्य वस्तीहरु रहेका छन । यस गाँउपालिकामा सबैभन्दा बढी वस्ती वडा नं.१ मा छ भने सबैभन्दा कम वडा नं. ४ मा रहेका छन् । क्षेत्रफलका आधारमा यस गाँउपालिकाको वडा नं. १ सबै भन्दा ठुलो रहेको छ भने वडा नं. ५ सबै भन्दा सानो छन ।