FAQs Complain Problems

समाचार

वडा नं. ४

काठमाडौं  जिल्ला संग  सिमाना जोडिएको साबिक फाखेल गा.बि.स का १,२,३ र ४ वडा समावेश गरी राज्य पुनः संरचना  अन्तर्गत   हाल इन्द्रसरोवर गाउँपालिकाको  ४ न. वडा  घोसणा गरिएको हो |

फाखेल गाबिस हाल वडा न.४ र ५ को पनि आफ्नो छुट्टै किसिमको इतिहास रहेको पाईएको छ |नेपालको नलेखिएको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको संवाहक तथा नेपाली राजनेताहरुबाट २०३३ चैत्र १२ गते रातिको ऐतिहासिक नख्खु जेल बिद्रोह पछीको राजनैतिक परिवर्तनको उद्गमस्थल फाखेल |

प्राचीनकालमा भगवान रामले आफ्नो सिकारी कुकुरहरु सहित सिकार खेल्दै बनेललाई लखट्दै-लखट्दै आउँदा अहिलेको फाखेलचौरमा आईपुग्दा उज्यालो अर्थात बिहानको भाले वासेकोले बनेल फाखेलचौरको नजिकैको बारीमा तथा एउटा कुकुर चौरमा र अर्को कुकुर कासिचौरमा ढुंगा अर्थात शिला भएको भन्ने कथन रहेका छन् |स्थानीय तामाङ भाषामा फाग-बनेल र खेल-चौर  अर्थात बनेल  चर्ने/बनेल दौडने चौर लाई कालान्तरमा आएर फाग-खेल लाई फाखेल नामाकरण भएको हो भन्ने कुरा यहाँका अग्रजहरुले सुझाएका छन् | हालसम्म पनि यस स्थानमा शिला भएका भन्ने बनेल र कुकुर “ढुंगा” प्रत्यक्ष देख्न सकिन्छ |

समशितोष्ण  हावापानी रहेको यस वडामकवानपुर जिल्लाकै  प्रमुख   कृषि तथा पशुजन्य उत्पादक पकेट क्षेत्रको रुपमा  परिचित रहेको छ | मुख्य तया तरकारी तथा फलफुल उत्पादन हुने यस क्षेत्रको बासिन्दा हरुको प्रमुख आय आर्जन को रुपमा कृषि क्षेत्र रहेको छ | दक्षिणकाली  नगर पालिकाको सिमाना हुमाने लगाएत राकसखोला, पुरन्डी आदि क्षेत्रम मुख्य  बसोवास रहेको यस वडामा मुख्य तया तामाङ जातिको  बसोबास रहेको रहेको छ | जी.बि.स. मकवानपुर को  पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार २५३४  कुल जनसंख्या रहेको यस वडावासी  मुख्यतः ब्यापार ब्यबसाय, कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा  संलग्न रहेको पाइन्छ | राजनीतिक पृष्ठभूमि बोकेको वडा नं ४ को फाखेल सलेमले डाँडा तथा आसपासका  क्षेत्रमा  गुरु योजना तयार भई फाखेल मैत्री पार्क को निर्माण कार्यन्वयनमा रहेको छ |  

वडा नं. ४ इन्द्रसरोवर गाउँपालिका, फाखेल

वडा अध्यक्ष : श्री चन्द्र कुमार बल (9849805041)

वडा सचिव : मनिषा अधिकारि (९८६०८९४५९४)

वडा सदस्य :श्री आईमान भ्लोन (9868000900)

वडा सदस्य : श्री निराजन डिम्डुङ्ग (9861849688)

महिला सदस्य : श्री सानुकान्छी स्याङ्तान (9849210083)

दलित महिला सदस्य : श्री सावित्री सुनार (9843772141)

कार्यालय रहेको स्थान : फाखेल

कार्यालय सचिवको फोन नं. : ९८६०८९४५९४

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२५३४
Ward Contact Number: 
९८६०८९४५९४