FAQs Complain Problems

समाचार

एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत एक दिने लघु वित्तमा पहुँच र वजारीकरण/व्यवसाय परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८० असार २४ गते वडा नं. २ खानीखेतमा गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनीज्यूको अध्यक्षतामा ४ वटा वडाका विभिन्न सीप विकास तालिम लिएका उद्यमीहरुको उपस्थितिमा सम्पन्न गरियो । कार्यक्रममा उपस्थित उद्यमीहरुले आगामी दिनमा व्यवसाय गर्दै गर्दा एकअर्कालाई आवश्यकता अनुसारको समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आर्थिक वर्ष: