FAQs Complain Problems

समाचार

इन्द्रसरोवार गाउँपालिका अन्तर्गत वडा नं. ३ मा पर्ने मुख्य बजारको अनुगमन

इन्द्रसरोवार गाउँपालिका अन्तर्गत वडा नं. ३ मा पर्ने मुख्य बजारको अनुगमन गरिएको छ । । अनुगमनका क्रममा बजारका विभिन्न किराना पसल , मासु पसल तथा होटेलहरुमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य वस्तु नष्ट समेत गरिएको छ । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।

इन्द्रसरोवर गाउँपालिकाका उपप्रमुख उमा कुमारी लामा ज्युको संयोजनमा बजार अनुमगन गरिएको हो।अनुगमनमा ३ नं. वडा अध्यक्ष श्री प्रताप भम्जोन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई, स्वास्थ्य शाखा प्रमुख श्री मन्नुनाथ अधिकरी, सूचना प्रविधि अधिकृत श्री राजन खतिवडा, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएकाले सबै व्यवसायीहरुलाई यो महिनाभित्र गाउँपालिकामा आएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको छ।

सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने समेत जानकारी गराईएको छ

आर्थिक वर्ष: