उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्राप्त सूचना अनुसार बङ्गालको खाडीको पूर्वी भूभाग (उत्तर अण्डमान सागर आसपास) विकसित भएको बलियो न्यूनचापीय क्षेत्र (Deep depression) पश्चिम-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेको र मौसमविद्हरूका अनुसार उक्त प्रणालीले मिति २०८३ असोज 8 गते देखि 11 गतेसम्म देशका धेरै भु-भागमा भरी/अतिभारी वर्षाको सम्भावना रहेको जनाएका छन। यसका साथै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट समेत सतर्कता अपनाउन, परिस्थति/आवश्यकता अनुसार यातायात आवागमन बन्द गराउन र सुरक्षित स्थलमा बस्नका लागि अनुरोध गरेको छ । भारी/अतिभारी वर्षाका कारण यस गाउँपालिकाभित्रका भिरालो तथा पहिरोको जोखिममा रहेका घरहरू, नदी किनाराका घर तथा बस्ती साथै तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ । साथै हेटौडा-कुलेखानी-काठमाडौ सडक खण्डमा यात्रा गर्नु पूर्व जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी प्रशासन, र सशस्त्र प्रहरी वल नेपाल, कुलेखानीसँग देहायको सम्पर्क नम्बारमा जानकारी लिई गर्नु हुन सर्वसाधारण सबैमा जानकारी गराउँदछौ । साथै अत्यन्त जरूरी नभएसम्म सकेसम्म टाढा र रातीको समयमा यात्रा नगर्नु नगराउनु हुनका साथै विशेष सतर्कता आपनाउन, चनाखो हुन समेत अनुरोध गरिन्छ ।