FAQs Complain Problems

समाचार

रोजगार संयोजक र प्राविधिक सहायक कर्मचारी सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!

प्रथम पटक सूचना प्रकाशित मिति :२०७७/०४/१९

प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि रोजगार संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स २०७७/०७८ च. न. २३ को मिति २०७७/०४/१२ गते को पत्रानुसार यस गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवस्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले 15 दिनभित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।

क्र.सं.

विज्ञापन नं.

पद

तह

सङ्ख्या

1

077/078-01

रोजगार संयोजक

अधिकृत स्तर छैटौं

1

2

०७७/०७८-०२

प्राविधिक सहायक

सहायक स्तर पाचौं

1

1. आवश्यक न्यूनतम योग्यता र अनुभव:

  1. रोजगार संयोजक

क. मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक वा सो सरह उत्तीर्ण गरेको |

  •        उमेर: कम्तीमा २१ बर्ष पुरा भइ ४५ बर्ष ननाघेको
  1. प्राविधिक सहायक

क. सिभिल ईन्जिनियरिङ्गमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतिर्ण भएको ।

ख. अनुभव र सिप - प्राविधिक सहायकमा देहायका अनुभव र सिप आवश्यक पर्नेछ:

  • कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सिप भएको,
  • पुर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको
  •        उमेर: कम्तीमा १८ बर्ष पुरा भइ ४५ बर्ष ननाघेको

३. दरखास्त दिने स्थान: इन्द्रसरोवर गाउँपालिकाको कार्यालय |

४. दरखास्त दिने अन्तिम मिति :-  प्रथम पटक सूचना प्रकाशित मितिले 15 दिन भित्र |

५. आवेदन दस्तुर :- रोजगार संयोजकको रु. १००० तथा प्राविधिक सहायकको रु. ७००

६. छनौटको किसिम: रोजगार संयोजकको हकमा रोजगार संयोजकको पदपूर्ति तथा सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ को दफा (८) र (९) मा तोकिए बमोजिम (प्रारम्भिक सूची, सेवा तथा कम्प्युटर सम्बन्धी र अन्तर्वार्ता ) हुनेछ तथा प्राविधिक सहायकको पदपूर्ति प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परिक्षा तथा अन्तर्वार्तावाट हुने छ |

७. आवेदन साथ संलग्न कागजातहरु: आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू:

  • नागरिकता
  • न्युनतम योग्यताको लव्धांक प्रमाणपत्र
  • चारित्रिक प्रमाण पत्र
  • अनुभव खुल्ने कागजात
  • 2 प्रति पासपोर्ट आकारको फोटो

८. सेवा सुविधा: रोजगार संयोजकको नियमानुसार तथा प्राविधिक सहायकको गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (११) , (१२) र (१३) बमोजिम हुनेछ |

९. पदले सम्पादित गर्नुपर्ने कार्यविवरण: रोजगार संयोजकको मापदण्डमा तोके बमोजिम तथा प्राविधिक सहायकको गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (९) बमोजिम हुनेछ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: